


काठमाडौं । मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् ।
शाह विदेश भ्रमणमा रहे पनि उनको कार्यकक्षमा नक्सा राखिएको महानगरपालिकाका एक कर्मचारीले बताए । योभन्दा अघि सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईले पनि ग्रेटर नेपालको नयाँ नक्सा आफ्नो कार्यकक्षमा राख्न भन्दै एकहप्ता अगाडि नै बनाउन दिएको बताएका छन् । नयाँ नक्सा बनेर आइनसकेकोले राख्न ढिलो हुने उनले बताए ।
मेयर शाहले पनि पहिल्यै नयाँ नक्सा राख्न भनेर तयारी गर्न लगाएका थिए । त्यसैअनुरुप नक्सा मेयरको कार्यकक्षमा राखिएको हो । अखण्ड भारतको नक्सालाई टक्कर दिँदै शाहले गरेको उक्त कार्यको चौतर्फी प्रशंसा भईरहेको छ।
Artha Sanjal

अर्थ सन्जाल