बुढी सुत्केरी भइ भने तोरीको तेल किन्न नसकिने अवस्था आयो : सांसद पन्त

काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले बजेटले निराशा ल्याएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद पन्तले बजेटले सर्वसाधारण चुलोमा दिनहुँ पाक्ने खाद्य वस्तुहरुमा कर बढाएको बताए ।

उनले भने, ‘यो बजेटले निराशा ल्यायो, तोरीको तेल, आलु र प्याजको भाउ बढ्यो । बुढी सुत्केरी भइ भने तोरीको तेल किन्न नसकिने अवस्था आयो ।’

पन्तले बजेट प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतको गृहजिल्लामा केन्द्रित भएको आरोप लगाए । त्यसरी खन्याउने क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरा पनि परेको बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *