उदयपुर सिमेन्टका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगका अध्यक्ष केशव बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीविरुद्ध अध्यक्ष नियुक्तिको क्रममा अनुभवनको नक्कली प्रमाणपत्र तथा कागजातहरु पेश गरेको आरोप छ ।

बस्नेतविरुद्ध उदयपुर सिमेन्ट उद्योग बचाउ तथा खबरदारी समितिले जेठ १० गते अख्तियारमा उजुरी दिएको हो । अख्तियारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सबै कागजात झिकाइसकेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *