सामान्य अंकले बढ्यो नेप्से

काठमाण्डौ । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य अंकले बढेको छ।

यसदिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक ७.२७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९३९.६१ को विन्दुमा पुगेको छ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.०५ अंकले घटेर ३६४.४२ को विन्दुमा पुगेको छ।

त्यसैगरी, नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटा समूहमा रातो पोतिएको छ । नेप्सेमा सूचीकृतमध्ये २७३ कम्पनीका ५९ लाख ६२ हजार ९३ कित्ता सेयर कारोबार रकम .२ अर्ब ३० करोड ५८ लाख रुपैयाँ बढीको भएको छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सर्वाधिक १० करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

सिद्धार्थ प्रिमियम इन्स्योरेन्स, शिवम सिमेन्ट, हिमालयन एभरेस्ट इन्स्योरेन्स, नेपाल टेलिकम, सोल्टी होटेल, नागरिक लगानी कोष, साल्ट ट्रेडिङ, सानिमा जीआईसी इन्स्योरेन्स र चिलिमे हाइड्रोपावरको  सर्वाधिक कारोबार भएको छ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *