निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ ।
यसअघि आयोगले निर्वाचनमा करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सोमबार आयोगले अर्थ मन्त्रालयमा बजेट प्रस्ताव पठाएको हो। स्थानिय निर्वाचनमा लाग्ने खर्चको करिब ९० प्रतिशत बजेट जिल्ला, प्रदेश र निर्वाचन अधिकृतको कार्यालयमा खर्चिने गरी बजेट तयार गरिएको पनि उनले जानकारी दिए ।
“अधिकांश बजेट जिल्लामार्फत मतदान केन्द्रमा खटिने कर्मचारीतथा निर्वाचन अधिकृतको कार्यालयमार्फत खर्चिनेछ ।” प्रवक्ता पौडेलले भनेका छन । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा कुल बजेटको करिब १० प्रतिशत मात्रै खर्च हुने अनुमान गरिएको छ । पौडेलका अनुसार गर्ने खर्चको अधिकांश भाग मतपत्र छपाइ तथा निर्वाचन सामग्री खरिदमा खर्चिने बताएका छन् ।