काठमाडौं । सरकार र लगानीकर्ताबीच सहमति भएपछि सेयर बजारमा उत्साह छाएको छ । सरकारले पुँजीगत लाभकर ५ प्रतिशत र ७.५ प्रतिशत नै अन्तिम कर कायम गरेसँगै लगानीकर्ताको मनोबल बढ्दा सेयर बजारमा उछाल आएको हो।
आज नेप्से परिसूचक ५३.०३ अंकले बढेर १९१९.३७ बिन्दुमा पुगेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ९.४९ अंकले बढेर ३६५.१० को विन्दुमा पुगेको छ । कारोबार १ अर्ब ६५ करोड रुपैयाँ बढीको भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २७० कम्पनीका ४५ लाख ५७ हजार १६९ कम्पनीका १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१.५७ रुपैयाँको कारोबार भएको छ।
त्यसैगरी आज होटेल तथा पर्यटन समूह सर्वाधिक ७.३७ प्रतिशतले उकालो लागेको छ। निर्जीवन बीमा समूह ४.५४ प्रतिशतले बढ्दा जलविद्युत समूहमा ३.९३ प्रतिशत, बैंकिङ समूहमा १.४५ प्रतिशत, विकास बैंक समूहमा ३.४७ प्रतिशत, वित्त समूहमा ३.४४ प्रतिशत, लगानी समूहमा २.५१ प्रतिशत, जीवन बीमा समूहमा ३.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ३.३० प्रतिशत, लघुवित्त समूहमा २.६० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.७६ प्रतिशत, अन्य समूहमा ३.२० प्रतिशत र व्यापार समूहमा ३.८४ प्रतिशतको बढोत्तरी भएको छ।
आज शिवम सिमेन्टको सर्वाधिक १५ करोड ८१ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
आज सोल्टी होटेल, चिलिमे हाइड्रोपावर, एनआईसी एसिया बैंक, सानिमा माई हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटेल, हिमालयन डिस्टिलरी, निफ्रा र जोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।




