रावा इनर्जीको आईपीओमा पहिलो दिनै कति पर्यो आवेदन ?

काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिनै ४ गुणा बढीले आवेदन  दिएका छन्।

कम्पनीले आज जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको छ।

कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँबराबरको अर्थात् १०० अंकित दरका कुल ८ लाख ४० कित्ता आईपीओ जारीका लागि स्वीकृति पाएको थियो। कुल कित्तामध्ये कम्पनीले सर्वसाधारणलाई छुट्याइएकोबाट १० प्रतिशतले हुन आउने ५६ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ।

यसैगरी कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँड गरेको थियो।

कम्पनीले स्थानीयले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणका लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गरेको हो। यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ। बाँकी ६ लाख ४३ हजार ६६७ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

सीडीएससीका अनुसार यो आईपीओमा आज साँझसम्म २ लाख ३३ हजार २९० आवेदकबाट २६ लाख १० हजार १६० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ४.०५ प्रतिशतले बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। जसमा ६४ हजार ३६६ आवेदकले १० कित्ता दरले सेयर पाउनेछन्। तिनै आवेदकमध्ये भाग्यमानी ७ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द जेठ २२ गते बैंकिङ समयपछि हुनेछ। रावा इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *