काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । ग्याँसको मूल्य भने घटेर आएको छ । नेपाल आयल निगमलाई बिहीबार भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यअनुसार डिजेल लिटरमा २ रुपैयाँ ११ पैसा र पेट्रोलमा २ रुपैयाँ ४ पैसा बढेको छ ।
यस्तै हवाई इन्धनको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको छ भने खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर ४९ रुपैयाँले घटेर प्राप्त भएको निगमले जनाएको छ । नयाँ मूल्यपछि १५ दिनमा निगम एक अर्ब ७५ करोड रुपैयाँ नाफामा छ ।
Artha Sanjal






