नक्कली भुटानी शरणार्थी प्रकरण : फरार रहेका महर्जन अदालत हाजिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका प्रतिवादी हरिभक्त महर्जन अदालत हाजिर भएका छन् । फरार रहेका पक्राउ पुर्जी जारी भएसँगै महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा आफैं हाजिर भएका हुन्।

यसअघि उनकी पत्नी लक्ष्मी महर्जनलाई सोही प्रकरणमा प्रहरीले पक्राउ गरिसकेको थियो । अदालतमा हाजिर हुन आएका महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिएर महर्जनविरुद्ध आवश्यक कारवाही प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ ।

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित ३० जनालाई प्रतिवादी बनाएर मुद्दा प्रक्रिया अघि बढाएको छ । तीमध्ये हालसम्म १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *