रवि लामिछानेविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा आजबाट प्रारम्भिक सुनुवाइ हुने भएको छ।

लामिछानेले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै गत बुधबार रिट दर्ता भएको थियो। अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी पुरानै नागरिकताको प्रतिलिपि प्राप्त गरेको भन्दै उक्त रिट दर्ता भएको हो।

यसअघि कायम नरहेको नागरिकताको प्रतिलिपि प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनकाे सांसद् पद खारेज भएकाे थियाे। पुनः नागरिकता लिएर चितवनबाट चुनाव जितेका लामिछानविरूद्ध नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै अर्काे सांसद् पद खारेजीकाे माग राखि अर्काे रिट परेकाे हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *