नेप्से प्रि ओपनिङमा २.१५ अंकले वृद्धि

साताको दोस्रो दिन सोमबार प्रि ओपन सेसनमा नेप्स परिसूचक २ अंक वृद्धि भएको छ ।

आईतबार ३९.४० अंक घटेर २६९३.१० विन्दुमा झरेको नेप्से आजको उक्त सेसनमा २.१५ अंक वृद्धि भएर २६९५.२६ विन्दुमा उकालो लागेको लागेको छ ।यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०६ अंक वृद्धि भएको छ।

आज प्रि ओपन सेसनमा ७ कम्पनीको १९ लाख ४२ हजार १४८ रुपैयाँ ६० बराबरको १ हजार ३९१ कित्ता सेयर खरिदबिक्री भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *