सबै प्रदेशमा मन्त्रिपरिषद्को आकार १० प्रतिशतमै सीमित पार्न प्रयत्नशील छौं : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश मन्त्रिपरिषद्को आकार घटाउन सरकार प्रयत्नशील रहेको बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यसबारे यस्तो बताएका हुन् ।

यसअघि सरकारले प्रदेशसभाका कुल सदस्य संख्याको १० प्रतिशतले हुन आउने संख्यामा मन्त्रिपरिषद्लाई सीमित पार्ने भनेको थियो । तर गठबन्धनको सरकार बनेपछि भागबन्डा मिलाउने क्रममा पछिल्लो समय केही प्रदेशमा मन्त्रालय फुटाएर मन्त्रिपरिषद्को आकार बढाइएको छ ।

यसबारे राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘१० प्रतिशतभन्दा नबढाउने भनिएको थियो । तर अहिले एकाध प्रदेशमा देखा परेको यो स्थितिलालाई १० प्रतिशतमै ल्याउन प्रयत्न्शील छौं ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *