धरान । नविल बैंककका ग्राहकको खाताबाट रकम चोरी भएको छ । नविल बैंकको धरान शाखाबाट ग्राहकदुई ग्राहकको रकम चोरी भएको हो ।
उक्त बैंक शाखबाट सारदा राई र श्याम थुलुङको खातामा भएको रकम हराएको हो । नविल बैंक धरान शाखाबाट आफ्नो ६६ हजार ३५० रुपैयाँ नगद हराएको धरान १३ की सारदा राईले बताइन् । उनका अनुसार आफ्नो खाताबाट पटक पटक गरी अन्य बैंकको खातामा रकम ट्रान्सफर गरि आफ्नो पैसा चोरी गरिएको हो । उनले बैंकबाट रकम चोरी भएपछि रकम फिर्ता तथा दोषीलाई कारबाहीका लागि प्रहरीमा उजुरुरी दिएकी छन् ।
त्यस्तै धरानका श्याम थुलुङले पनि नविल बैंकमा रहेको आफ्नो खाताबाट ८० हजार रुपैयाँ चोरी भएको छ । उनका अनुसार बैंकबाट गत वैशाख ३१ गते उक्त रकम चोरी भएको हो । रकम चोरी भएपछि उनले पनि इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् ।
दुबै जनालाई अपरिचित व्यक्तिले बैंकबाट फोन गरेको भन्दै खाता नम्बर मागेर बैंक खाता ह्याक गरि रकम चोरी गरेको पीडितहरुले बताएका छन् । नविल बैंक धरानका प्रबन्धक उज्वल भण्डारीले बैंकका ग्राहकहरुलाई ह्याकरले बैंक कर्मचारी बनेर फोन गरि खाता नम्बर र पासवर्ड मागेर मोबाइल बैंकिङमार्फत रकम ठगि गरेको पाइएको बताए ।
प्रहरीका अनुसार ग्राहकको खाता ह्याक गरि ठगि गर्नेलाई पत्ता लगाउन बैंकको केन्द्रिय कार्यालयमार्फत पहल भइरहेको छ ।त्यस्तै इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले नविल बैंकबाट ग्राहकको रकम हराएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
अर्थ सन्जाल