उनले भने , ‘नजानिँदो गरी हाम्रो संस्कृति र सभ्यतामाथि हमला भइरहेको छ । हाम्रो परम्पराका सुन्दर कुराहरूमा, पहिचान र परिचयमा हमला भइरहेको छ । सांस्कृतिक पहिचान मेट्न खोज्नु अपराध हो।’ ‘राष्ट्रिय परिचयपत्र लिँदा सिन्दूर पुछ्नुपर्ने, पोते निकाल्नुपर्ने हुँदो रहेछ’ उनले भने । त्यहाँ पानी पनि राखिदिएको हुन्छ, रुमाल राखिएको हुन्छ पुछ्नलाई । विवाहित महिलाको सिन्दूर पुछ्ने अधिकार कसले दियो ? सिन्दूर पुछेर बनाइने त्यस्तो परिचयपत्र फाल्दिए हुन्छ ।’
ओलीले अरुकाे नक्कल गर्न आवश्यक नरहेको बताउदै भने , ‘पुरुषले पनि टोपी खोल्नुपर्ने रे । टाई लाउनुपर्ने हो कि ? अरूका जे कुरा छन् त्यसको नक्कल गर्नुपर्ने कुनै आवश्यकता छैन । भारतका पञ्जाबीले कतै पनि फेटा खोल्नु पर्दैन । जहाँ पनि लगाउन सक्छन् । टोपी पनि हाम्रो पहिचान हो । टोपी लगाउँदा किन मान्यता नपाउने ? कसैलाई लाग्दैन भने नलगाओस्, तर मन लाग्नेले लगाउन पाउनुपर्छ’, उनले भने, ‘कुन धर्ममा सिन्दूर लगाइँदैन त्यही हामीले पछ्याउनुपर्ने ? हाम्रोमा श्रीमान् वरण गर्दा सिन्दूर लगाइन्छ । श्रीमान् मर्दा सिन्दूर पुछिन्छ । पुछिनुको अर्थ विधवा हुनु हो । श्रीमान् हुँदासम्म पोते निकालिँदैन, चुरा फुटाइँदैन, सिन्दूर पुछिँदैन । कसका निर्देशनमा बनाइन्छ कानून ? पोते किन खोल्नुपर्यो ? लगाएको सिन्दूर किन पखाल्नुपर्यो ? सिन्दूरसहित हुँदा के खराबी हुन्छ ? परिचयपत्र होस कि नागरिकता होस । जे सुकै भए पनि त्यसमा परिपूर्ण कुराहरू हुनुपर्छ ।
सांसदहरूको पोशाकसम्बन्धी विषयमा पनि ओलीले खुलेरै टिप्पणी गरेका छन् । उनले स्वीमिङ पुलमा लगाउँदा हुने, संसदमा किन नहुने भनियो भने त्यो शोभनीय नहुने बताए । ‘मर्यादित ठाउँमा मर्यादित पोशाक लगाउनुपर्छ’, उनले भने, ‘स्वीमिङ पुलमा कस्टम लगाउनु असभ्य मानिँदैन । स्वीमिङ पुलमा लगाउँदा हुने, पार्लियामेन्टमा किन नहुने भन्नुभयो भने त्यो शोभनीय हुँदैन । बाथरुमको वस्त्र र मिटिङ रुमको वस्त्र एउटै हुन्छ ? भन्ने प्रश्न गर्दै उनले स्वतन्त्रताका नाममा यस्ता कुरा गर्न नहुने बताए ।
अर्थ सन्जाल