आइएमई पेको नयाँ अफर, क्यूआर स्क्यानमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले चितवनको बिगमार्टसँग सम्झौता गरी नयाँ अफर सार्वजनिक गरेको छ।

‘ह्याप्पी सपिङ याट् बिगमार्ट’ नामक उक्त अफरको पहिलो चरणअन्तर्गत ग्राहकलाई जेठ महिनाभरि बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा आइएमई पेको स्मार्ट क्यूआर स्क्यानमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ।

उक्त छुटअन्तर्गत ग्राहकले प्रत्येक कारोबारमा  १०० सम्म छुट पाउन सक्नेछन् र सो छुट प्रत्येक ग्राहकले अफर अवधिभरि ५ पटकसम्म पाउने छन्।

अफरको दोस्रो चरण असार १ देखि साउन ३२ सम्म रहनेछ। यो अवधिमा आइएमई पेले चितवनको बिगमार्टमा राखिने एक्टिभेसन बुथमा आइएमई पेको खाता सुचारु गर्नका साथै ग्राहकलाई विभिन्न किसिमका गेमहरु खेलाइनेछ र आकर्षक उपहार पनि प्रदान गरिनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *