‘सुकुम्बासी निषेध’ बन्दै काठमाडौं, जिल्लाभरका सुकुम्बासी बस्तीमा एकैपटक डोजर चलाइने

काठमाडौं। सरकारले काठमाडौंभरका सुकुम्बासी बस्तीमा  वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक डोजर लगाएर खाली गर्ने भएको छ।

थापाथली, मनोहरा तथा गैरिगाउँका सुकुम्वासी बस्ती खाली गराएको सरकारले अब काठमाडौंका बाँकी क्षेत्रका बस्ती पनि खाली गराउने जनाएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै मानवीय रूपमा उद्धार गर्न एवं विपद् जोखिमलाई समेत ध्यान दिई बस्ती खाली गराउन लागिएको हो।

‘काठमाडौं जिल्लाभित्रका विभिन्न पालिकाका नदी किनाराका बस्ती एवम् सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वामा जग्गासमेत अतिक्रमण गरी अनाधिकृत तबरबाट वर्षौंदेखि बसोबास भैआएका बस्ती मानवीय रूपमा उद्धार गर्न एवं विपद् जोखिमसमेतलाई दृष्टिगत गरी खाली गर्ने कार्य काठमाडौं जिल्लाभरि २०८३ वैशाख १८ गते बिहान ७ः०० बजेदेखि एकैपटक विभिन्न स्थानबाट सुरु हुनेछ,’ सूचनामा भनिएको छ।

बस्तीमा रहेका बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी वा बालबालिकालाई सुरक्षित स्थानमा सार्न, स्थानान्तरण कार्यमा प्रहरीको सहायता लिन, व्यक्तिगत मालसामान, लत्ताकपडा, पशुपक्षी चौपाया बाहिर निकाल्न कार्यालयले आग्रह गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *