प्रजातन्त्र दिवसको अवसरमा पुर्व राजाको मन छूने संदेश

पुर्व राजा ज्ञनेन्द्र शाहले ७२ औँ प्रजातन्त्र दिवसको शुभकामना दिएका छन् । उनले प्रजातन्त्र दिवसको प्रर्वसन्ध्यामा एक शुभकामना पत्र सार्वजानिक गर्दै शुभकामना व्यक्त गरेका हुन् ।

पूर्व राजा ज्ञानेन्द्रले शुभकामना दिँदै प्रजातन्त्रको लागि त्याग, उत्सर्ग र योगदान गरेको सबैलाई स्मरण गर्दै जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हूने शासकीय सूप्रवन्ध नै सहि प्रजातान्त्रिक प्रणाली हो भनेका छन् । उनले राष्ट्रियता विनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुने बताउँदै न त्यो कसैको सूरक्षाको कवच, न त्यो कसैको न्यायको छाता बन्न सक्छ भनेका छन् ।

उनले प्रजातन्त्र शुभकाना दिँदै भनेका छन्- “हामी सर्व प्रथम प्रजातन्त्रका निम्ति उद्यत रहने पुज्य जिजू वूवा राष्ट्रपिता श्री छ त्रिभूवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैैको स्मरण गर्न चाहन्छौं ” भनेका छन् ।

शाहले अगाडी भनेका छन् –”जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हूने शासकीय सूप्रवन्ध नै सहि प्रजातान्त्रिक प्रणाली हो । राष्ट्रियता विनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हून्छ । न त्यो कसैको सूरक्षाको कवच, न त्यो कसैको न्यायको छाता बन्न सक्छ । राष्ट्र र राष्ट्रियता सहितको प्रजातन्त्रको लागि जनता र राजा सधैं एक रहिआएका छन, रहिरहने छन् । प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पू¥याएको र जनतालाई निराशाको दहमा डूबाउंदै लगेको महशूस हूंदै आएको छ । यसो हूनूमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्ने बारेमा समीक्षा गर्न अब हामी सबै नेपाली तयार हूनू पर्दछ ।”

उनले प्रजातन्त्र कसैको अनुदान नभएको भन्दै भनेका छन्– “प्रजातन्त्र कसैले कसैलाई दिने दान अनूदान होइन । त्यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो । अरुले ओढाई दिएको आसमानमूनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भूल्ने परिपाटी प्रजातन्त्र हून सक्दैन । जनतालाई भोक, रोग र शोकमा राख्नू प्रजातन्त्र होइन । आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नू पनि प्रजातन्त्र होइन । प्रजातन्त्र निर्देशित र नियन्त्रित हूंदैन । त्यो स्वतःस्फूर्त एवं लोक सम्मत हून्छ र हूनू पर्दछ । अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भांडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पूर्याई रहेको छ, विचारणीय प्रश्न रहेको” बताएका छन् ।

यस्तो छ सन्देश:

Leave a Reply

Your email address will not be published. Required fields are marked *