नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस सेयर आज सूचीकृत भएको हो ।
स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत दरका २ लाख ४३ हजार ५६४ कित्ता र मिर्मिरे लघुवित्तको २३ प्रतिशत दरका कुल १२ लाख २१ हजार ७७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
उक्त लाभांश सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि सेयरधनीहरुले धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।
Artha Sanjal
अर्थ सन्जाल