मेरो चरित्रमाथि नै ‘बलात्कार’ गरियो : सांसद आरजु राणा

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति जनाएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले प्रकरणमा आफ्नो चरित्रहत्या मात्र नभई आफ्नो चरित्रमाथि नै बलात्कार भएको टिप्पणी गरेकी छिन् ।

सांसद राणाले भनिन्–‘हाम्रो देशमा फेक न्युज र फेक मिडियाको परकाष्टै पुगिसकेको रहेछ । म त्यति सोसल मिडियामा एक्टिभ छैन । तर, यो देख्दा मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको सुपरभिजन हुनुपर्‍यो । मैले ६ दिन अगाडि मेरो नाम लिएर भुटानी शरणार्थी प्रकरणमा इनभल्भ भनेर बनाइएको फेक अडिओ फोरेन्सिक टेस्टको लागि सीआईबी र साइबर क्राइम सेलमा दिएको थिएँ । त्यो दर्ता गर्न पनि मानिएको थिएन । साथीहरुले विश्वास गर्नु हुन्न होला, सत्तापक्षको यत्रो ठूलो नेताको श्रीमती भनेर । तीन घण्टा लाग्यो दर्ता गराउन । त्यसको पनि जवाफ म गृह मन्त्रालयबाट सोध्न चाहन्छु । अलमल किन थियो त दर्ता गर्न ?’

‘वुमनलाई पोलिटिक्समा आउँदा सबै कुरा ब्यहोर्न सक्नुपर्छ, म ब्यहोरिरहेको छु, यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस्’ उनले भनिन् ।

उनले भनिन्,नाम मेरो मात्र उच्चारण किन भइरहेको छ ? साँच्चै भन्ने हो यो क्यारेक्ट असासिनेसन होइन, दिस इज रेप अफ माइ क्यारेक्टर हो ।’ उनले सरकारले आफ्नो नाम जोडिएको टेपको सत्यतथ्य उजागर गर्दै दोषीमाथि कारबाहीको माग समेत गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *