

काठमाडौं । वैशाख महिनामा २० वटा सहकारी संस्था कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रले विभिन्न व्यक्तिहरुले दिएको निवेदनको आधारमा बैशाख महिनामा २० सहकारीहरुलाई कालोसूचीमा राखेको हो ।
केन्द्रका अनुसार कालोसूचीमा पर्ने सहकारीमा उत्तम सेभिङ एण्ड क्रेडिट रहेको छ । सो सहकारीलाई केन्द्रले वैशाख ३ गते कालोसूचीमा राखेको हो । उक्त सहकारीको सञ्चालकमा दुर्गा राज न्यौपाने र लक्ष्मी श्रेष्ठ छन् ।
त्यस्तै, सन्ध्या बचत तथा ऋण सहकारी संस्था पनि कालोसूचीमा परेको छ । उक्त सहकारीको सञ्चालकमा खेम कुमारी राई, मान प्रसाद राई र राम कृष्ण उप्रेती छन् ।
मेगा ड्रिम मल्टीप्रपोज को-अपरेटिभलाई पनि कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ । उक्त सहकारीको सञ्चालकमा एन्जिला खत्री, महाशंकर रेग्मी, रबिन कुमार कार्की छन् ।
त्यसैगरी, नयाँतारा बचत तथा ऋण सहकारी संस्था, गणेशजल मल्टिपपर्स को-अपरेटिभ, मा अम्बे सेभिङ एण्ड क्रेडिट अपरेटिभ र सुमार्ग बचत तथा ऋण सहकारी संस्था पनि कालोसूचीमा परेका छन् ।
नयाँतारा बचत तथा ऋण सहकारी संस्थाको सञ्चालकमा विशाल केसी, कविता सुनुवार, रतन राम्टेल र सन्तोष कुमार अछामी छन् ।
गणेशजल मल्टिपपर्स को-अपरेटिभको सञ्चालकमा दिनेस्ज कुमार दाहाल, ज्ञानेन्द्र बस्नेत र रेखा कुमारी बस्नेत छन् ।
मा अम्बे सेभिङ एण्ड क्रेडिट अपरेटिभको सञ्चालकमा विजय कुमार छिनाल, निर्मल कुमार सिंजाली छन् । सुमार्ग बचत तथा ऋण सहकारी संस्थाको सञ्चालकमा गणेश बहादुर कार्की र सन्ध्या थापा छन् ।
त्यसैगरी, शिव शिखर मल्टिपपर्स को अपरेटिभ, सन्ध्या बचत तथा ऋण सहकारी संस्था, मेगा ड्रिम मल्टिपपर्स अपरेटिभ, तुलसी बहुमुखी सहकारी संस्था, शिव शिखर बहुउद्देशीय सहकारी संस्थ र उर्जाशील सहकारी संस्थालाई पनि केन्द्रले कालोसूचीमा समावेश गरेको छ ।
शिव शिखर मल्टिपपर्सको सञ्चालकमा लिलानाथ गौतम र शुशील बानियाँ छन् ।
सन्ध्या बचत तथा ऋण सहकारी संस्थाको सञ्चालकमा खेम कुमारी राई, मान प्रसाद राई र राम कृष्ण उप्रेती छन् ।
मेगा ड्रिमको सञ्चालकमा एन्जिला खत्री, महाशंकर रेग्मी र रबिन कुमार कार्की छन् ।
त्यस्तै, तुलसी बहुमुखी सहकारीको सञ्चालकमा केदार नाथ शर्मा र मन्दिप खवास छन् ।
शिव शिखर बहुउद्देश्यीयको सञ्चालकमा अमिस राजभण्डारी, भोज राज पौडेल, केदार नाथ शर्मा, लिलानाथ गौतम, पुस्कर मल्ल, राजु शखकर्मी, शिव प्रसाद पौड्याल, शुशील बानियाँ र तेज बहादुर तामाङ छन् ।
त्यसैगरी, उर्जाशील सेभिङ एण्ड क्रेडिटको सञ्चालकमा दिपेन्द्र ढकाल, दिवस लामिछाने र सूर्य प्रसाद भण्डारी छन् ।
बैशाख महिनामा नारी नमुना बचत तथा ऋण सहकारी, स्वस्तिक सेभिङ एण्ड क्रेडिट, तिरुपति सेभिङ एण्ड क्रेडिट अपरेटिभ, सम्बर्द्धन सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ र सनराइज बचत तथा ऋण सहकारी संस्था पनि कालोसूचीमा परेका छन् ।
नारी नमुनाको सञ्चालकमा बिर बहादुर बस्नेत, देउ बहादुर अधिकारी, गङ्गा अधिकारी, हरी प्रसाद पोखरेल, इन्द्र कुमारी खड्का,खाकेंद्र प्रसाद पोखरेल, लक्ष्मी राई, प्रकाश राउत, राधिका राउत, राजेन्द्र खड्का, रमेश भट्टराई, सबिता अधिकारी, शेर बहादुर कार्की, शंकर बहादुर खड्का र उषा अधिकारी छन् ।
स्वस्तिकको सञ्चालकमा अजय श्रेष्ठ, दिनेश अधिकारी र तुलसी क्षेत्री प्रजापत छन् भने तिरुपति सेभिङको सञ्चालकमा नरेश बस्नेत प्रविण सुवेदी र राजु क्षेत्री छन् ।
त्यसैगरी, सम्बर्द्धन सेभिङको सञ्चालकमा चन्द्रिका खड्का, दिनेस कालिकोटे, प्रकाश लकै छन् भने सनराइज बचतको सञ्चालकमा ढुन्डीराज गौतम, कृष्ण प्रसाद ज्ञवाली र नगेन्द्र बहादुर रिमाल छन् ।
प्रारम्भिक सेभिङ एण्ड क्रेडिट अपरेटिभ पनि कालोसूचीमा समावेश भएको छ । उक्त सहकारीको सञ्चालकमा अनिश भुसाल, चन्द्रकला मिश्र, गणेश न्यौपाने, गीता भुसाल, जितेन्द्र बसुकला, मिकमार तामाङ र सरिता केसी छन् ।
अस्ट सेभिङ एण्ड क्रेडिट को-अपरेटिभको सञ्चालकमा अनिल खड्का, कुम्भ राज जोशी र सुनिल खड्का छन् ।
समावेशी श्रमिक सेभिङ क्रेडिट अपरेटिभको सञ्चालकमा चन्द्र बहादुर थापा, दल बहादुर बिस्ट, फुलमाया गोले, रंजीव सिङ, रिनु महर्जन, सबिता श्रेष्ठ र सरस्वति गोले छन् ।
हामीले यो तथ्यांक कर्जा सूचना केन्द्रबाट लिएका हौँ । केन्द्रले सहकारीको ठेगाना नखुलाउने हुँदा ठेगाना भने उल्लेख गर्न असमर्थ छौँ ।

अर्थ सन्जाल