नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क सामान्य बढ्यो

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

जीवन बिमा कोषको आकार १९.८३ प्रतिशतले बढेर १ खर्ब ५७ अर्ब १६ करोड ९१ लाख ९६ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन ३.२४ प्रतिशतले बढेर २६ अर्ब ८३ करोड ९२ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको पहिलो ९ महिनामा १९ करोड रुपैयाँ ऋणात्मक रहेको इन्स्योरेन्सको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा भने ४४ करोड ६५ लाख रुपैयाँ धनात्मक भएको छ। एक वर्षको अवधिमा जीवन बीमा कोषको आकार र खुद बिमा शुल्क आर्जन बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । सो अवधिसम्ममा इन्स्योरेन्सले ११ अर्ब ८२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ।

चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ७ रुपैयाँ २५ पैसा छ । प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ०१ पैसा छ ।

८ अर्ब चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ४८ करोड ६७ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ खर्ब ५७ अर्ब रुपैयाँ र महाविपत्ती कोषमा ८३ करोड ३७ लाख रुपैयाँ सञ्चित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *