करोडौँ चलखेलको आशंकापछि रोकियो नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया

काठमाडौं । करोडौँ चलखेल भएको आशंकापछि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया रोकिएको छ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका ठूला व्यापारिक घरानाको स्वार्थमा करोडौँ असुल गरेको भन्दै सडकदेखि सदनसम्म आवाज उठेपछि सरकारले विवादित बनेको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको हो ।

विवादास्पद व्यापारिक घरानाका दीपक भट्टको सेटिङमा निजी क्षेत्रलाई स्टक एक्सचेन्जको लाइसेन्स दिन लागिएको भन्दै चौतर्फी विरोध भएको थियो । लाइसेन्स वितरण प्रक्रियामा संस्थागत रूपमै भ्रष्टाचार भएको दाबी गर्दै सांसदहरूले त्यसलाई रोक्न माग गर्दै आएका थिए। लाइसेन्स वितरण प्रक्रिया रोक्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको केही दिनमा नै सरकारले यस्तो निर्णय गरेको हो ।

निजी स्टक एक्सचेन्जको लाइसेन्स वितरणका लागि धितोपत्र बोर्डले नीतिगत व्यवस्था गरेर अनुमतिपत्र वितरण प्रक्रिया अघि बढाएको थियो । नयाँ लाइसेन्स वितरणका लागि प्रक्रिया शेरबहादुर देउवा प्रधानमन्त्री र जनार्दन शर्मा अर्थमन्त्री भएकै बेला सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *