


नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँ कायम भएको छ।
बिहीबार सुनको मूल्य स्थिर रहेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ कायम भएको हो । बिहीबार १ हजार ४३० रुपैयाँ रहेको थियो ।
Artha Sanjal

अर्थ सन्जाल