युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल संचालनका लागि सम्झौता

यस् गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तरआबद्दता तथा मोबाइल फस्र्ट प्रबिधीमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल सन्चालनका लागि भारत स्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेक सँग सम्झौता गरेको छ ।

उक्त सम्झौतासँगै अब विभिन्न बैंक बित्तीय संस्था, भुक्तानी सेवा प्रदायक बीचमा अन्तरआबद्द बिद्युतीय भुक्तानीको सन्जाल सन्चालन गर्ने पनि निर्णय भएको छ । भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै पेटीएम, गुगलपे, फोनपे आदि) मार्फत् नेपालस्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यबस्था गर्न लागिएको हो । साथै यस्सेवाको सुरुवात सँगै भारतीयहरु नेपाल आउँदा क्यु–आरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्ने र नेपालीहरुले भारतमा यात्रा गर्दा भारत–क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने जानकारी प्रवीण रेग्मीले बताएका छन् ।

प्रारम्भिक चरणमा आगामी तीन महिना भित्र उल्लेखित सेवाहरु सुचारु हुने र एनपीसिआईले भारतमा सन्चालन गरिरहेको सम्पूर्ण सेवाहरु पनि क्रमिक रूपमा सुरुवात गरिनेछ । उक्त सम्झौतामा, नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त यस्कम्पनीका तर्फबाट अध्यक्ष श्री कमलनाथ प्रधान साथै भारतमा भुक्तानीको सन्जाल युनीफाईड पेमेन्ट इन्टरफेस स्वयमले सफलताका साथ सन्चालन गरिरहेको छ ।

उक्त सम्झौतामा भारतीय रिजर्व बैंकद्वारा प्रवर्दित एनपीसिआई इन्टरननेसनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रितेश शुक्ला तथा डिजिटल बैंकइब तथा भुक्तानी सेवामा लामो अनुभव रहेको भारतीय फिन्टेक कम्पनी मनम इन्फोटेक का तर्फबाट निर्देशक श्रीनागाबाबु रामिनेनीले हस्ताक्षर गरेका थिए ।

भुक्तानीलाई अर्को श्रेणीमा लैजाने र नेपाललाई नगदरहित समाजमा रुपान्तरण गर्न ठुलो टेवा पुर्याउने कुरामा विश्वस्त रहेको प्रवीण रेग्मी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *