नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मासाताको कारोबारको अन्तिम दिन आज बिहिबार सामान्य अंकका गिरावट आएको छ । आज नेप्से १.९३ अंकले घटेर दुई हजार सात सय ३२ दशमलब ५२ विन्दुमा झरेको हो ।
आज कारोबार रकममा पनि गिरावट आएको छ । आज २ अर्ब २७ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा तेह्रथुम पावर कम्पनी र युनाइटेड इदी मर्दी हाइड्रोपावर रहेको छ ।