लामो समयदेखि विवादमा फसेको एमसीसी संझौताले नेपालको राजनीति उथल पुथल ल्याउने देखिएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी टेबल गरिए गठबन्धन तोड्ने र सरकारबाट बाहिरिने निर्णय नै गरेपछि नेपालको राजनीति उथल पुथल ल्याउने देखिएको हो ।
यसरी माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार नै छाड्दाको समयमा अवकोे समय कांग्रेस एकीले संभावना पनि बढ्दै गएको छ । दुई कम्युनिष्ट घटकले सरकार छाड्ने निर्णय गरेपछि यतिबेला नेपाली काँग्रेस नैतिक दवावमा समेत परेको छ । गत आइतबारको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्न सहजीकरण गर्ने बताएका पुष्पकमल प्रचण्ड र माधव नेपाल एकाएक पछि हटेपछि बुधबार जसरी पनि टेबुल गर्न कम्मर कसेर लागेको कांग्रेसलाई धक्का लागेको थियो ।
प्रचण्डले एमसीसीमा सघाउने शर्तमा प्रधानन्यायाधीशलाई महाअभियोग प्रस्ताव दर्ता गराउन कांग्रेसलाई तयार गराएको भएपनि अन्तिममा धोका दिएकोले अब उनीहरूसँग सहकार्य गर्न नसकिने निष्कर्षमा कांग्रेस पुगेको छ । यतिबेला नेताहरूले पार्टी सभापतिलाई गठबन्धनको साथ छोड्न दावाव दिन थालेका छन् । अविश्वास बढ्दै गएपछि निर्णयक वार्ताको लागि विहीबार गठबन्धनको बैठक बस्दै भए पनि यो बैठक नै गठबन्धनको अन्तिम बैठक हुनसक्ने विश्लेषण सबैतिर भैरहेको छ ।
सम्झौतामा सघाउने बताउँदै आएको नेकपा एमालेले पनि परिस्थितिअनुसार आफ्नो अडानबाट पछि हटेकोले राष्ट्रिय राजनीतिमा एमसीसीकै कारण कांग्रेस एक्लिएको प्रष्ट भएको छ ।
सत्ता गठबन्धन टुट्ने र एमसीसी पनि पास नहुने अवस्था आएमा आम निर्वाचनको विकल्प त देखिँदैन नै, त्यसमा पनि दलहरूले आफ्नो स्वार्थ अनुकूल कानुनको व्याख्या गरेर आ–आफ्नो दुनो सोझ्उने प्रयास गर्ने नै छन । एमसीसीमा काँग्रेसको लगाव र विदेशी हस्तक्षेपलाई हेर्दा पुनः बाम एकताको सम्भावना पनि बढ्दै गएको छ ।
राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् भने झैं बाम एकता भएको खण्डमा अवको समय काँग्रेस एक्लो हुने छ । यसैलाई आधार मानेर पूर्व नेकपा अर्थात एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी सहकार्य गर्न सक्ने संभावना पनि बढ्दै गएको छ ।
एमसीसीमा अमेरिकाले दिएको दवाव र पश्चिमाहरूको दवदवालाई नजिकबाट नियालेको चीनले नेपालमा वामपन्थीहरूलाई एक ठाउँमा ल्याउन कसरत गरिरहेको छ । त्यसैले आन्तरिक स्वार्थको कारण छिन्नभिन्न भएका कम्युनिष्ट पार्टीहरू वैदेशिक हस्तक्षेप र तत्कालिन बाध्यताको कारण एक नहोलान् भन्न सकिँदैन ।







