नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने लगातार चौथो दिन पनि स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। गत आइतबारदेखि चाँदी तोलाको १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ।
Artha Sanjal






