आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले बुधबारबाट एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले भोली (वैशाख २७ गते बुधबार) देखि एकीकृत कारोबार गर्ने भएका छन् । कम्पनीले मर्जर प्रक्रिया पूरा गरेर २७ वैशाखबाट आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबाट एकीकृत कारोबार गर्न लागेका हुन् ।

यी २ कम्पनीले गत २७ माघमा यी दुई कम्पनीले एक–आपसमा मर्ज हुने प्रारम्भिक सहमति गरेका थिए । यी कम्पनीलाई एकीकृत कारोबार गर्न नियामक निकाय नेपाल बिमा प्राधिकरणले २६ चैतमै अनुमति दिइसकेको छ। नेपाल धितोपत्र बोर्डले गत १२ वैशाखमा मर्जर स्वीकृति दिएको थियो। यी दुई कम्पनी १:१ स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । मर्जपछि बन्ने कम्पनीको नाम राख्ने सहमति भएको छ ।

कम्पनीका अध्यक्ष भने हेमराज ढकाल बन्ने सहमति भएको छ, हाल उनी आइएमई इन्स्योरेन्सका अध्यक्ष छन्। यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पनि आइएमईकै हालकै सिइओ योगेशभक्त बादे श्रेष्ठ बन्ने सहमति भएको छ। प्रुडेन्सियलका सिइओ श्रवण रावल भने वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने सहमति भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *