


जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले) का सचिव एवं पुर्व मन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्न देशभरका प्रहरी निकायमा पत्राचार गरेको छ ।
भुटानी शरणार्थी ठगीमा आफ्नो संलग्नता नरहेको र प्रहरीलाई अनुसन्धानमा सघाउने बताएका एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी अझै फरार छन्। पाँच दिनसम्म पनि सम्पर्कमा नआएपछि प्रहरीले उनलाई पक्रन देशभर पत्राचार गरेको हो ।
काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि रायमाझी फरार रहेका छन् । उनको खोजीमा केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि परिचालन गरिएको छ ।
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले पोलेका व्यक्तिहरुको आजबाट बयान लिन सुरु गर्ने भएको छ ।
Artha Sanjal

अर्थ सन्जाल