प्रहरी हिरासतमा रहेका रायमाझीलाई आज अदालतमा उपस्थित गराइने
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालत उपस्थित गराईँदै छ। प्रहरीको विशेष टोलीले उनलाई आइतवार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियाे। पक्राउपछि उनलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा राखिएको छ। आज अदालत खुलेपछि रायमाझीलाई म्याद थपका लागि लगिने परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिएका छन्। पक्राउपछि…



