एमालेको सचिवालय बैठक बस्दै,नक्कली भुटानी शरणार्थी प्रकरण प्रमुख एजेन्डा

नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो। बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने विषय र छलफल गरिने एजेन्डाका बारेमा छलफल हुनेछ।

बैठकमा समसामयिक राजनीतिका साथै नक्कली भुटानी शरणार्थी प्रकरण र पार्टीले देशभर सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको समीक्षाबारे छलफल हुने एमाले सचिवालयले जनाएको छ।

साथै बैठकले यही वैशाख २८ गतेदेखि ३० गतेसम्म हुने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *