आईपिओ निष्काशन गर्दै धौलागिरी लघुवित्त, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल

धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणलाई निष्काशन ३ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्न लागेको छ। जसका लागि बिक्री प्रवन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

आज २०७८ फाल्गुण ०४ गते भएको सम्झौतामा धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

प्रधान कार्यालय बागलुङ्ग जिल्लाको बागलुङ्ग नगरपालिका वार्ड नं. २, श्री नगर टोलमा अवस्थित यस संस्थाले २०७५ फाल्गुण १ देखि वित्तिय कारोबार गर्दै आइरहेको छ । हाल यस संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४,५०० सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *