पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ,काठमाडौं ल्याइँदै

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । काठमाडौं आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो । छोरा सन्दिपसँगै उनलाई पनि काठमाडौं ल्याइँदैछ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पूर्व मन्त्री रायमाझीलाई नियन्त्रणमा लिइएको हो ।

उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको थियो । रायमाझीका छोरा सन्दीपलाई बुधवार नै प्रहरीले पक्राउ गरेको थियो । उनलाई आज अदालतमा पेश गर्ने तयारी गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *