सुनको मूल्य बढेर हालसम्म कै उच्च, कतिमा हुँदैछ किनबेच ?

आज सुनको मूल्य बढेर हालसम्म कै उच्च विन्दुमा पुगेको छ। हो हिजो (बुधबार ) तोलाको १ लाख १० हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १२ सयले बढेर प्रतितोला १ लाख ११ हजार ८ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य ९५ हजार ८ सय ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९५ हजार ३ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ३९ रुपैयाँ कायम गरेको छ।

आज तेजावी सुनको मूल्य पनि बढेको छ। आज प्रतितोला १२ हजारले बढेर तोलाको १ लाख ११ हजार २ सय ५० सयमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४५ मा किनबेच भइरहेको छ ।

चैत महिनामा प्रति तोला १ लाख ११ हजारमा कारोबार भएको सुनको मूल्यले नया रेकर्ड बनाउदै आज अझै बढेर प्रतितोला १ लाख ११ हजार ८ सय पुगेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *