काठमाडौं । आज शेयर बजारमा झिनो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ०.७९ अंकले बढेर २६४१.८५ को विन्दुमा कायम भएको छ ।
आज ३४० कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड माथिको शेयर कारोबार भएको छ । आज १३३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन २० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ३३ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १७ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अपर लोहोरे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । आरबीबीएल डिबेञ्चरका इकाईधनीले ५.९२ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ५.२७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९१ प्रतिशतका दरले गुमाउका हुन् ।





