काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २६ करोड रुपैयाँको १४.२५ प्रतिश बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
कम्पनीले वैशाख १३ गते लाभांशबारे निर्णय गरेर नेप्सेमा आज वैशाख १९ गतेको कारोबार समयमा मात्र जानकारी गराएपछि नेप्सेले कम्पनीको कारोबार रोक्का गरेको छ ।
लाभांश सम्बन्धि निर्णय सोहि दिन वा अर्को दिन कारोबार सुरु हुनु भन्दा अगाडी नेप्सेमा जानकारी गराउनु पर्ने व्यवस्था छ । तर कम्पनीले सो नियम उल्लङ्घन गरेपछि नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै कारोबार रोक्का गरेको हो ।




