निरा पाण्डेको हत्यामा संलग्न एक आरोपी पक्राउ

प्रहरीले कपनस्थित निरा पाण्डेको हत्यामा संलग्न एक जना आरोपीलाई पक्राउ गरेको छ। प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार झापाबाट विनोद विक नाम गरेको आरोपीलाई पक्राउ गरेको हो।

छानबिन समितिका एक उच्च अधिकारीका अनुसार अनुसन्धानले सकारात्मक मोड लिएको र घटना अनुसन्धानकै क्रममा रहेकोले थप विवरण केही समयपछि सार्वजनिक गर्ने बताएका छन् ।

वैशाख ७ गते  पसलमा दिनदहाडै छुरा प्रहार गरेर पाण्डेको हत्या भएको थियो। प्रहरी प्रभाग, कपनको टोली घटनास्थलमा पुग्ने वित्तिकै त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *