नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको आज (वैशाख १७ गते) बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल सरकार र नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *