कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज वैशाख १४ गते अन्तिम दिन रहेको छ। बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि वैशाख १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज वैशाख १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

बैंकले ले आफ्नो १६ औँ वार्षिक साधारणसभा यही वैशाख ३१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको बौद्ध सिमलटारस्थित सिद्धार्थ बुटिक होटेलमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजी ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२३२१ प्रतिशत नगद लाभांश कुल ४.६४२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *