नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापवाला प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार १०० रुपैयाँ कायम भएको छ।
बुधबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी तोलाको १ लाख ४१५ रुपैयाँ कायम भएको छ ।







