प्रमुख तीन दलका शीर्ष नेता छलफलमा

प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानमन्त्री कार्यालयमा समसामयिक विषयमा छलफल भएको छ।

सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *