तनहुँ १ मा स्वर्णिम वाग्लेको मतान्तर फराकिलो बन्दै

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लागेका छन् । वाग्लेले ७ हजारभन्दा बढी मतान्तरसहित अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले १७९०२ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका गोबिन्द भट्टराई १०२२८ मतसहित दोस्रो स्थानमा छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ५८६६ मतसहित तेस्रो स्थानमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार शोभा गुरुङले ९८ मत ल्याएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *