तनहुँमा २५ हजार मत गन्दा स्वर्णिमले कटाए १२ हजार, अन्यले कति मत पाए ?

तनहुँ क्षेत्र नम्बर १ मा हालसम्म २५ हजार ३६९ मतगणना भएको छ । जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।

वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरेका छन् । वाग्लेले एमाले र कांग्रेसका उम्मेदवारले पाएको कुल मत भन्दा पनि बढी पाएका छन् ।

मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत र एमालेका सर्वेन्द्र खनालले ४ हजार २२० मत पाएका छन् । तनहुँ १ मा गएरातिदेखि मतगणना सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *