बारा-२ उपेन्द्र यादवले लिए सुरुवाती अग्रता

बारा निर्वाचन क्षेत्र नम्बर २ को प्रारम्भिक मत गणनाको नतिजा आएको छ । प्रारम्भिक मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् ।

यादवले २२४ मत ल्याउदा जनमतका उम्मेदवार शिवचन्द्र प्रसाद कुसवाहा १७० मत ल्याएका छन् । त्यस्तै एमालेका पुरुषोत्तम पौडेलले १६६ मत ल्याएका छन् भने रास्वपाका रमेश खरेलले ८० मत ल्याएका छन् । करैयामाई गाउँपालिका वडा १ को मत गणना भएको हो । यो क्षेत्रमा ६७० मत गनिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *