

साताको पहिलो दिन (आइतबार) सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १८.८० अंकले घटेर १८८५.६० विन्दुमा बन्द भएको छ ।
यसदिन ८२ करोड ८५ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ।
आज मोलुङ हाइड्रोपावरको सर्वाधिक ३ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
त्यस्तै, शिवम सिमेन्ट, एनआईसी एसिया बैंक, नबिल बैंक, हिमालयन डिस्टिलरी, अपी पावर, एभरेस्ट बैंक, सानिमा मिडिल तमोर हाइड्रोपावर, ग्लोबल आइएमई बैंक र सोल्टी होटेलको सर्वाधिक कारोबार भएको छ ।
Artha Sanjal

अर्थ सन्जाल