सेयर बजारको ओरालो यात्रामा निरन्तरता, ८२ करोडमा खुम्चियो कारोबार

साताको पहिलो दिन (आइतबार) सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १८.८० अंकले घटेर १८८५.६० विन्दुमा बन्द भएको छ ।

यस्तै ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.०० अंकले बढेर ३५९.१३ बिन्दुमा पुगेको छ ।

२६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर किनबेच भएको छ । यसदिन ८२ करोड ८५ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ। आइतबार १२ वटा सूचक राताम्मे भएको छ भने १ सूचक को सेयर मूल्य घटेको छ ।

आज सनराइज ब्लूचिप कोष १० प्रतिशत, आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, कालिञ्चोक दर्शन ९.९९ प्रतिशतले बढेको छ । आज २९ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *