राष्ट्र बैंकले २४ अर्ब ७० करोडको ट्रेजरी बिल जारी गर्दै

नेपाल राष्ट्र बैंकले भोलि सोमबार (वैशाख ११ गते) २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले वैशाख १२ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि १० अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब ६० करोड रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः २०८० जेठ ९ गते, साउन ९ गते, कात्तिक ७ गते र २०८१ वैशाख ११ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलका भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *