शुक्रबार सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख १० हजार २०० रुपैयाँ पुगेको छ ।

छापावाला सुन बिहीबार प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ३५० रुपैयाँले बढेर १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज पनि चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै तोलको १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *