एनआईसी एसिया बैंकको ७ लाख १५ हजार बढी कित्ता सेयर बिक्रीमा, मूल्य कति ?

एनआईसी एसिया बैंकले आज वैशाख ८ गतेदेखि ७ लाख १५ हजार बढी कित्ता सेयर लिलामीमा ल्याएको छ।

बैंकले ७ लाख १५ हजार ९५९ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो । यसमा विद्यमान संस्थापक सेयरधनीहरुले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ। त्यसैले, लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यो लिलामी सेयरमा यही वैशाख १५ गते बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ। आवेदन काठमाडौंको लाजिम्पाटस्थित धितोपत्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *