अर्थ सन्जाल
२७ जेष्ठ २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२७ जेष्ठ २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

एनएमबि बैंकद्वारा नेपालको पहिलो हेजिङ्ग कारोबार सम्पन्न

  • अर्थ सन्जाल
  • ६ बैशाख २०८०, बुधबार १४:०८


विकासोन्मुख देशहरुको आर्थिक उन्नतिका लागि डेभलपमेन्ट फाइनान्स इन्स्टिट्युसन (डीएफआइज)हरुले प्रदान गर्ने आर्थिक सहयोग निकै महत्वपूर्ण हुन्छ । नेपालमा उपलब्ध स्रोत र साधनहरुको कारण केही समयदेखि यस्तो सहयोग प्राप्त गर्ने रोजाइको देश भएको छ ।

विदेशी यस्ता दातृ निकायहरुबाट प्राप्त हुने सहयोगले नेपालको आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । फलस्वरुप यसरी प्राप्त हुने विदेशी मुद्राको उतारचढावलाई नियन्त्रण गर्नका लागि नेपालका बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहेको हुन्छ ।

यस्ता उतारचढाव नियन्त्रण गर्नका लागि एनएमबि बैंकले द करेन्सी एक्सचेन्ज फन्ड (टीसीएक्स) एम्सटेर्डम र एमएफएस करेन्सी रिस्क सलुसन्स वासिङटनसँगको सहकार्यमा ८ मिलियन अमेरिकी डलरबराबरको रकम सफलतापूर्वक हेजिङ कारोबार गरी नेपालकै पहिलो हेजिङ कारोबार सम्पन्न गर्ने नेपालको अग्रणी वाणिज्य बैंक भएको छ । ननडेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागि प्रयोग गरिएको हेजिङ उपकरण टीसीएक्सले उपलब्ध गराएको र सो सम्बन्धित कारोबार गर्नका लागि एमएफएक्सले सहजकर्ताको भूमिका निर्वाह गरेको थियो ।

उक्त कार्य सफलतापूर्वक सम्पन्न गर्न आफ्नो विशेषज्ञता उपलब्ध गराएकोमा टीसीएक्स र एमएफएक्सप्रति एनएमबि बैंकले आभार व्यक्त गरेको छ । यस हेजिङ कारोबारले बैंकको वित्तीय संयन्त्र विकास र प्रयोगप्रतिको प्रतिबद्घता दर्शाएको छ ।

यसरी सफलतापूर्वक सम्पन्न भएको हेजिङ कारोबारले देशभरि स्थिरता र सुनिश्चितताका साथ वित्तीय कारोबार गर्नका लागि मार्गप्रशस्त गरेको छ र अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोबार गरी वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत गर्नेमा एनएमबि बैंक विश्वस्त रहेको छ ।

एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा–सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । टीसीएक्स सन् २००७ मा विकासशील र सीमावर्ती बजारहरुमा मुद्रा जोखिम व्यवस्थापन गर्न समाधानहरु प्रस्ताव गर्ने उद्देश्य लिई स्थापना भएको संस्था हो ।

Artha Sanjal
मिती : ६ बैशाख २०८०, बुधबार १४:०८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’

यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय

प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना

ताजा समाचार

  1. ‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’
  2. यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय
  3. प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली
  4. राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना
  5. नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता
  6. शिक्षण सहजकर्ता नियुक्तीबारे प्रभावकारीता अध्ययन गर्दै कामपा
  7. विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली

विजनेश फोकस

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्...

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘...

नेपालका विज्ञहरुमै वित्तीय साक्षरता छैन: पूर्व ...

तिस वर्षमा नेपालीको प्रतिव्यक्ति आय २० हजार डलर...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.